देशविदेशबाट आएको सहयोग मन्त्री ज्वालाले बुझाए घाइते बोहोरालाई

देशविदेशबाट आएको सहयोग मन्त्री ज्वालाले बुझाए घाइते बोहोरालाई

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला देशविदेशबाट आएको सहगोग लिएर सुनिता बोहोरासंग भेट गरेका छन् । 

बुधबार काठमाडौंको ट्रमा सेन्टरमा पुगेर सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले २ लाख १९ हजार ४ सय ५४ रुपैंया बोहोरालाई सहयोग गरिएको जानकारी दिए । उनले भने- 'यातायात समितिले हेर्नुपर्थ्याे तर पटकपटक जानकारी गराउँदा पनि उपचार खर्चमा हेरेन । आफूले सकेको सहयोग गरेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । यसले उहाँको उपचारमा मद्धत पुग्नेछ ।'

देशविदेशबाट आएको सहयोगले उचारमा मद्धत पुग्ने र छिटो निको हुने अपेक्षा लिएको मन्त्री ज्वालाको भनाई थियो । 

यातायात व्यवसायी समितिले घाइते सुनिताको दुर्घटनाको उपचार खर्च नब्यहोरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको हो । गत असोज १५ गते सल्यानको कुमाख गाउँपालिका -७ जिमालीमा भएको  जिप दुर्घटनामा परि घाइते भएकी १७ बर्षीया सुनिता बोहोराको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको छ । 

कुमाख गाउँपालिका ७ डुमकोटबाट खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने सुनिता सहित १९ जना घाइते भएका थिए । घाइतेमध्ये सुनितालाई गम्भीर चोट लागेको थियो । 

Skip This
Skip This
Logo