अब ईसेवामा भएको रकम एभरेष्ट बैंकको एटिएमबाट पनि निकाल्न सकिने

अब ईसेवामा भएको रकम एभरेष्ट बैंकको एटिएमबाट पनि निकाल्न सकिने

केन्द्रबिन्दु
0
Shares

डिजिटल वालेट ईसेवाको खातामा भएको रकम अबदेखि एभरेष्ट बैंकको एटिएमबाट पनि निकाल्न सकिने भएको छ ।

बुधबार पुल्चोकस्थित ईसेवाको केन्द्रिय कार्यालयमा ईसेवा र एभरेष्ट बैंकबीच भुक्तानी सहकार्यसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका सिईओ जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सिईओ बिजय कुमार शर्माले हस्ताक्षर गरे । 

अब इसेवाका प्रयोगकर्ताहरुले सहज रुपमा एटिएम सेवासमेत उपयोग गर्न पाउने छन् । 

सो अवसरमा इसेवाका सिइओ खड्काले आम सर्वसाधारणलाई इसेवाको डिजिटल वालेटलाई थप प्रभावकारी बनाउन एभरेष्ट बैंकसँग सम्झौता गरिएको जानकारी दिए ।  

त्यस्तै, एभरेष्ट बैंकका डेपुटी सिईओ शर्माले  क्यास वालेट बोक्दा धेरै जनाको हराउने, बिर्सिने र कतिपयले त क्यास नै नबोकी हिँड्ने भएकाले सबैको समस्यालाई मधयनजर गर्दै मोबाइलबाटै छिटो र छरितो वालेटको सुविधा दिने उदेश्यले ईसेवा वालेटको सेवा  सञ्चालनमा ल्याएको बताए । उनले उक्त सेवा एभरेष्ट बैङ्कको जुनसुकै शााखाबाट पनि लिन सकिने पनि जानकारी गराए । 

Skip This
Skip This
Logo