आज पनि घट्याे सेयर बजार

आज पनि घट्याे सेयर बजार

केन्द्रबिन्दु
0
Shares

आज सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १४ दशमलव शून्य ५ अंकले घटेर २ हजार ५० दशमलव ७८ विन्दूमा बन्द भएको हो । 

बुधबार कारोबार भएका २७१ वटा धितोपत्रको कूल ८६ लाख ५१ हजार १६४ किक्ता सेयर ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये ४५ वटाको सेयर बढेको छ भने १७९ वटाको घटेको छ । 

बुधबार सिटी होटलको सेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढि शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको २३ करोड ६ लाख ४१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This
Skip This
Logo