विनाकारण फिल्म, शैक्षिक मेला रोकेको भन्दै मेयर बालेनकी शिक्षा सल्लाहकारकाे राजीनामा

विनाकारण फिल्म, शैक्षिक मेला रोकेको भन्दै मेयर बालेनकी शिक्षा सल्लाहकारकाे राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन्। महानगरका मेयर बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी हुन् । 

बुधबार सामाजिक सञ्जालमार्फत सल्लाहकार अर्यालले राजीनामा घोषणा गरेकी हुन् । मेयर शाहमा लोकतान्त्रिक अभ्यासको परिपालना अत्यन्तै कमजोर रहेको र महानगर संघीय सरकारभन्दा ठूलो हो भन्ने हिसाबले काम गरिरहेको टिप्पणी गरेकी छन् । 

महानगरमा पनि प्रशासनिक काममा भन्दा सामाजिक नियन्त्रणमा मेयर बालेन धेरै हावी भएको र उनको झुकाव पनि यसमै धेरै भएको उनले बताइन्। सिनेमा हल बन्द गराउने, शैक्षिक मेला रोक्नेलगायतका विषयमा पनि उनले असहमति प्रकट गरेकी छन् । 

केही दिनअगाडि भृकुटीमण्डपमा चलिरहेको शैक्षिक मेला बन्द गराएको महानगरले आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णय गरेको थियो । 

Skip This
Skip This
Logo