गौरवका आयोजनाको परिभाषा फेरिन आवश्यक छः पूर्वअर्थमन्त्री खतिवडा

गौरवका आयोजनाको परिभाषा फेरिन आवश्यक छः पूर्वअर्थमन्त्री खतिवडा

केन्द्रबिन्दु
0
Shares

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले अघि सारेको गौरवका आयोजनाको परिभाषा फेरिनु पर्ने तर्क गरेका छन् । 

काठमाडौंमा आयोजित सोह्रौँ योजनाको सन्दर्भ र राष्ट्रिय आकाङ्क्षा विषयक कार्यक्रममा पूर्व गर्भनर समेत रहेका पूर्वअर्थमन्त्री खतिवडाले विकासलाई सरकारले झनै कठिन बनाउँदै लगेको तर्क गरे । 

‘हामीले यति धेरै किसिमले डिभाइड गर्यौं हाम्रा कार्यक्रमहरुलाई राष्ट्रिय गौरवका भनेका छाैँ । गेम चेन्जर भनेका छौँ । यो भनेका छौँ अनि त्यो भनेका छौँ ।  विभिन्न किसिमले गरेका छौँ अनि कम्प्लिकेटेट बनाई राखेका छौँ ।’उनले भने, ‘मेरो अनुरोध के हो भने हामी पनि सरकारमा बसीसकेका छौ । सबैभन्दा बढी गाली खाने भएको राष्ट्रिय गौरवका आयोजनाले हो । मेरो अनुरोधमा चै त्यो राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुस्  र अरुलाई सबैलाई छुट दिनुस् र यिनीहरुलाई प्राथमिकता दिनुस् र कार्यान्वयन गर्नुस् । गौरव गर्न लायकका भनेका आयोजना भनेका गौरवका आयोजना भनेका गौरव गर्न लायक आयोजना हुन् ।’

आफूलाई गौरवका आयोजना व्यक्तिको सनकमा नभई आवश्यकता र औचित्यले पुष्टि हुनुपर्ने पूर्वअर्थमन्त्री खतिवडाको तर्क छ । 

Skip This
Skip This
Logo