अपी पावरले पायो ४० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

अपी पावरले पायो ४० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

केन्द्रबिन्दु
0
Shares

अपी पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ। 

Logo