नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको भन्दै परेको उक्त रिट भट्टराई र रेग्मीको संयुक्त इजलासमा पेसी पहिलो नम्बरमै परेको हो।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो ।





























प्रतिक्रिया