विश्वकप छनोटः आज दुई खेल हुँदै

विश्वकप छनोटः आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

आईसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।  प्रतियोगिताको छैटौं दिन समूह बी का दुई खेलहरु हुदैछ । प्रतियोगिताको एघारौं खेलमा ओमान र श्रीलंका खेल्दैछन्। यस खेल हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ । 

पहिलो खेलमा युएईलाई फराकिलो अन्तरले पराजित गरेको श्रीलंका आज पनि सोहि लयलाई निरन्तरता दिन चाहान्छ। उपाधी दावेदार मानिएको श्रीलंका आजको खेलमा जित दर्ता गर्दै सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ । 

उता, सुरुआती दुई खेलमा जित दर्ता गरेको ओमान आज पनि सोहि नतिजा दोहोर्यायन चाहन्छ । श्रीलंकालाई पराजित गरि ओमान सुपर सिक्समा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ ।   

अर्को खेलमा भने स्कटल्यान्डले युएईसँग खेल्दैछ। उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा हुनेछ । स्कटल्यान्डले पहिलो खेलमा आयरल्यान्डलाई रोमान्चक रुपले पराजित गरेको थियो । 

युएई भने सुरुआती दुई खेल गुमाएर प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको छ । सुपर सिक्सको सम्भावना जीवित राख्न युएईलाई स्कटल्यान्डविरुद्धको खेल जित्न आवश्यक रहेको छ ।दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ। 

Skip This
Skip This
Logo