केन्द्रबिन्दु एक्सप्रेसः नागरिकता पाउने बाटो खुल्यो, बैंकर शाहको राजनीतिक यात्रा सुरु[भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः नागरिकता पाउने बाटो खुल्यो, बैंकर शाहको राजनीतिक यात्रा सुरु[भिडियाे]

केन्द्रबिन्दु
0
Shares

-सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नागरिकता पाउने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण फिर्ता लिनु पर्ने मागसहित परेका रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  

-स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरु सहभागी भएका छन्। वनस्थलीमा रहेको नयाँ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे, मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, धनराज गुरुङ, मोहन बस्नेत तथा नेताहरु माधवकुमार नेपाल, बाबुराम भट्टराई, सुवास नेम्वाङ, राजेन्द्र लिङदेन, महन्थ ठाकुर, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको उपस्थिति थियो। 

-बैंकर अनिलकेसरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। रास्वपाले शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीसहित पार्टीमा भित्र्याएको हो। रास्वपासँग सोच मिलेपछि आफु राजनीतिमा प्रवेश गरेको उनको तर्क छ। 

-सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा आगामी आर्थिक वर्षको बजेट पारित हुन नदिने निर्णय गरेको छ। यसबारे गठबन्धन दलहरुसँग छलफल गर्ने उसको निष्कर्ष छ। 

-काठमाडौँ महानगरका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफुले कुनै कानुन र अदालत नमान्ने बताएका छन्। काठमाडौँमा हिन्दी फिल्म रोक्ने निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालिन आदेश दिन नमानेको हो। 

-सर्वोच्च अदालतले उपप्रध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। मुद्दा फिर्ता लिने सरकारको निर्णयमा सर्वोच्चले कारण देखाऊ आदेश पनि जारी गरेको छ। 

-संसदको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपतकाल कार्य तत्काल सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःनिर्माण र यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न सरकारलाई भनेको हो। 

-लम्पी स्किन रोकथाम नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेको अभियानमा ३ लाख १९ हजार बढी पशुचौपाया निको भएका छन्। संक्रमण नियन्त्तणउन्मुख रहेको दाबी गर्दै मन्त्रालयले १ लाख ९ हजार ६ सय ६७ पशुमा खोप लगाइएको छ। 

-नगरलाई मेगा सिटीको आधार तय गर्ने, जितगढीमा युद्ध संग्राहलय बनाउने लगायत कार्यक्रम समेट्दै बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मेगा सिटीमा बुटवलसहित आसपासका नगर र गाउँपालिकालाई समेट्ने योजना उसको छ। 

-सेयर बजारमासामान्य अंकको सुधार देखिएको छ। बिहीबार ४ दशमलव ७५ अंकले बढेर सेयर बजार २०५५ दशमलब ५३ बिन्दुमा पुगेको छ। 

Skip This
Skip This
Logo