कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार,भारतीयठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ,रातो आलु ४२ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ८० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ,प्याज सुकेको ४८ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ८०,मकै बोडी ५०,लोकल घिउ सिमी लोकल ६०, राजमा सिमी ७०,भटमासकोशा १००,मटरकोशा १८०,तितो करेला ६०,लौका ५०,परवललोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला५०,भिण्डी ८०, स्कूस ५०, कन्यच्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ८०,तोफु१००,लोकल काँक्रो ७०रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
तोरीको साग ३० हरियो लसुन ११०, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै, तरबुजा हरियो ७०,मलदह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १२०,कागती १५०,स्याउफूजी३००,आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १००,जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।































प्रतिक्रिया