खिचडी सरकार बनाएर जान बाध्य भएको झलनाथ खनालको टिप्पणी

खिचडी सरकार बनाएर जान बाध्य भएको झलनाथ खनालको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री झलनाथ खनालले खिचडी सरकार बनाएर जान बाध्य भएको टिप्पणी गरेका छन् । 

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)को सम्पर्क सन्देश विमोचन समारोहमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफूहरु सरकारमा क्रान्तिकारी विधि कार्यक्रम लागू गर्न नसकेको भन्दै खिचडी सरकार बनाएर जान बाध्य भएको बताएका हुन् । 

उनले भने, ‘समाजमा संकटको श्रृङखला सृजना हुन लागेको राजनीतिक सङ्कट छ विचारहिनता छ । हामी खिचडी सरकार बनाएर जान बाध्य छौं । त्यो सरकारमा जहाँ हामीले क्रान्तिकारी विधि कार्यक्रम लागू गर्न सकेका छौं ।’ 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दैं भने,‘एमालेले म ठूलो भईरहन्छु भन्या होला, गाह्राे छ । एउटा गीत छ गाह्राे छ है गाह्राे भन्नी केपी ओलीले त्यो गीत सुने हुन्छ ।’ उनले समाजमा कम्युनिष्टभित्र पनि सामन्तवादका अवशेषहरु बाँकी रहेको बताए । 

नेता खनालले बैचारिक राजनीति क्रान्तिसँग डराएर पार्टी फुट्ने गरेको बताए । 

Skip This
Skip This
Logo