फरहान अख्तरकाे ‘जी ले जरा’ अलपत्र

फरहान अख्तरकाे ‘जी ले जरा’ अलपत्र

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री प्रियंका चोपडा जोनस,आलिया भट्ट र कट्रीना कैफको फिल्म ‘जी ले जरा’ अहिले अलपत्र परेको छ। यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ। यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कम ब्याक गर्दैछन्। तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ। यसको कारण हुन्,आमिर खान।

आमिर खान प्रोडक्सनको फिल्म ‘द च्याम्पियन्स’ बन्ने तयारीमा। जसमा फरहान प्रमुख भूमिकामा देखिँदैछन्। यो फिल्म सन् २०१८ को स्पेनिश स्पोर्टस ड्रामा फिल्मको अफिसियल हिन्दी रिमेक हो। यो फिल्ममा आमिर खानको निर्माण हुनेछ।

आमिर यसअघि फिल्ममा सलमान खानलाई लिन चाहन्थे। तर सलमानबाट सम्भव नभएपछि उनी फरहानतिर पुगे। फरहानले स्क्रिप्ट मन पराएपछि अभिनय गर्ने सहमति दिए। यद्यपि यसको आधिकारिक घोषणा हुनै बाँकी छ।

आमिरको फिल्ममा अभिनय गर्नुपर्ने भए पछि फरहानले ‘जी ले जरा’मा समय दिन सकेका छैनन्। समय अभाव कै कारण फिल्मलाई केही समयका लागि होल्डमा राखेका छन्।यता फिल्मका प्रमुख अभिनेत्रीहरु आलिया, कटरीना र प्रियंकाको पनि अहिलेलाई समय छैन। आलिया ‘रकी और रानीकी प्रेम कहानी’ रिलिजका लागि तयार छिन्। यसपछि उनी हलिउड प्रोजेक्ट ‘हार्ट अफ स्टोन’मा व्यस्त हुनेछिन्।

त्यस्तै प्रियंका हलिउड प्रोजेक्ट ‘हेड अफ स्टेट’मा व्यस्त छिन्। कटरीनाको फिल्म ‘टाइगर ३’ क्रिसमसमा रिलिज हुँदैछ। निर्माण पक्षले तीन प्रमुख अभिनेत्रीको समान समय मिलेपछि मात्र फिल्मको काम सुरु गर्नुपर्ने हुन्छ। निर्माण पक्ष भने कास्टिङमा फेरबदल गरेर फिल्म सुरुवात गर्ने योजनामा छ।

Skip This
Skip This
Logo