अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति ल्याएको बताएका छन् ।
मदिरा व्यवसायी संघका आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा अर्थमन्त्री महतले विदेशबाट किनेर ल्याएको भन्दा देशमा उद्योग व्यवसाय गर्न आवश्यक वस्तुको आयातमा कम कर लगाएर नेपालको उद्योग व्यवसायलाई संरक्षण दिने काम गरेको बताएका हुन् ।
उनले भने, ‘बजेटमा करको जुन दर प्रस्ताव गरेको छ, त्यो आन्तरकि उत्पादनलाई प्रोत्साहन गर्ने गरेर गरेका छौँ । विदेशबाट किनेर ल्याएको भन्दा देशमा उद्योग व्यवसाय गर्न आवश्यक वस्तुको आयातमा कम कर लगाउने, नेपालको उद्योग व्यवसायलाई एकतहको संरक्षण दिने नीति ल्याएका छौँ ।’
यस्तै, अर्थमन्त्री महतले सिमित आम्दानीमा सबैको माग सम्बोधन हुन नसक्ने भन्दै देशको उत्पादन र राजस्व वृद्धि गर्न उद्योग बढाउने निर्णय लिएको बताए । उनले भने, ‘कुनै एउटा घरानालाई फाइदा पु-याउने, कसैलाई नोक्सान पु-याउने, त्यसबाट व्यक्तिगत लाभलिने यो कुरालाई मैले पूरै रोक दिए, समग्रमा हाम्रो अर्थतन्त्र चलाएमान गराउन उत्पादन बढ्नु प-र्यो, उत्पादन बढ्यो भने रोजगारी बढ्छ, रोजगारी बढ्यो भने आम्दानी बढ्छ, आम्दानी बढ्यो भने राजस्व पनि बढ्छ तर केही बढ्या छैन् अनि राजस्व कसरी बढ्छ । उद्योग बढाउने निर्णय लिएका छौँ, सिमित आम्दानी भएपछि सबै जनाको माग पूरा गर्न सक्दैनौँ ।’
पहाडमा बाँझो रहेका जमिनहरुलाई फलफूल उत्पादनको लागि प्रयोग गर्ने हो भने विदेशबाट आयात गर्ने वाइनलाई देशमै उत्पादन गरेर विदेशमानिर्यात पनि गर्न सकिने अर्थमन्त्री महतको भनाई छ । उनले मदिरा व्यवसायको धेरै ठूलो अवसर र बजार रहेको भन्दै मदिराको उत्पादनको विकासबाट व्यापार घाटा कम गर्ने र देशभित्र आम्दानी बढाउने काम गर्न सकिने बताए ।































प्रतिक्रिया