जसपाको विधान अधिवेसन आजबाट

जसपाको विधान अधिवेसन आजबाट

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आजबाट बिधान अधिवेसन सुरू हुँदैछ। आजदेखी सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा विधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो। उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आजको विधान महाधिवेसनमा पेश हुन लागेकाे हाे।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन आजदेखी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुनेछ। संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ।  आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन्। 

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ। ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ। पटक पटक सर्दै आएको सो विधान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो। 

Skip This
Skip This
Logo