स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आज ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ। 

स्थानीय तहको आगामी आव २०८०–८१ का लागि शनिबारसम्म १० स्थानीय तहले बजेट पेस गरिसकेका छन्। अब ७४३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार गण्डकी प्रदेशका चार, कोशी प्रदेशका दुई, सुदूरपश्चिम प्रदेशका दुई, मधेश प्रदेशका एक र बागमती प्रदेशका एक गरी १० स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन् ।

असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। 

Logo