नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। शनिबार सम्पन्न परिसंघको २०औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन्।

अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए ।

परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिहरूलाई संस्थागत गर्दै थप नयाँ उचाईमा पुर्‍याउन सक्रिय रूपमा लाग्ने बताए ।

Skip This
Skip This
Logo