पशुपतिनाथ जलहरी प्रकरणः अख्तियारको छानविनमा सांसद पौडेलको आशंका

पशुपतिनाथ जलहरी प्रकरणः अख्तियारको छानविनमा सांसद पौडेलको आशंका

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा अख्तीयारले अनुसन्धानमा गरेको ढिलाईको निष्पक्ष छानबीनका लागि समिति गठन गर्न माग गरेका छन्। 

सोमबार प्रतिनिसभाको बैठकमा सुन्य समयमा उनले जुरी परेको २ वर्ष पछि बल्ल अख्तीयारले छानबीन गरेको भन्दै महालेखाको प्रतिवेदनमा प्रष्ट लेखीएको कुरा अख्तियारले ढिला किन गर्‍याे भन्ने कुराको छानबीनका लागि सो माग गरेका हुन्। 

उनले भने, उजुरी परेको २ वर्ष पछि बल्ल अख्तीयारले छानबीन गरेको महालेखाको प्रतिवेदनमा प्रष्ट लेखीएको कुरा अख्तियारले यति ढिला  किन गर्‍याे ?म अनुरोध गर्न चाहान्छु। यो गम्भिर विषय छानबीन गर्न सदनले एउटा समिति बनाएर यसको पूरा र निष्पक्ष छानबीन हुने स्थिति निर्माण होस्।’

सांसद पौडेलले जलहरीको कुरा सांसदले उठाउँदा त्यसलाई रेकर्डबाट हटाएर संसदले यस बिषयलाई ढाकछोप गर्न खोजेको आरोप लगाए। 

उनले भने,‘पशुपतिनाथको मन्दिरमा रहेको जलहरीको कुरा सांसदले उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो। मेरो बिचारमा संसदले त्यस बिषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ।’ 

उनले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिदा संसारसामु शिर निहुराउने अवस्था आएको भन्दै तत्कालीन सरकारले गरेको जस्तो अब निर्णय गर्न पाहिने कि नपाईने भनेर प्रश्न गरे ?

Skip This
Skip This
Logo