ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. १ लाई कोरोना रोकथामका लागि आर्थिक सहयोग

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. १ लाई कोरोना रोकथामका लागि आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंयाँ सहयोग गरेको छ ।

बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । माननीय मुख्यमन्त्री राईले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएको छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ । उक्त कार्यक्रममा प्रदेश नं. १ सरकारका अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo