रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। वाग्नर सिपाहीहरूलाई प्रस्ताव राख्दै पुटिनले भने, ‘अब वाग्नरका सैनिकहरूले या त रुसी सेनामा भर्ती हुनुपर्छ वा घर फर्कनुपर्छ।’
पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका थिए। रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा देशभक्तको रूपमा वर्णन गरेका छन्। जसले देश र जनतालाई धोका दिन सक्दैन उनले भनेका छन्।
पुटिनले थप भने, ‘केही मानिसहरूले सैनिकहरूलाई अँध्यारोमा राखेर आफ्नै दाजुभाइको अगाडि बन्दुक लिएर खडा गरेका थिए, जाे यस अघि काँधमा काँध मिलाएर लडेका थिए।’
अर्कोतर्फ, वाग्नरका प्रमुख येभगेनी वी प्रिगोगिनले रुसमा सैन्य कु गर्न खोजेको आरोपको खण्डन गरेका छन्। प्रिगोगिनका अनुसार सो मार्च पास पुटिनलाई हटाउनका लागि गरिएको थिएन।
एक सामाजिक सञ्जाल एपमा आफ्नो ११ मिनेटको अडियो विज्ञप्तिमा प्रिगोजिनले भने कि वाग्नर सेनाको उद्देश्य युक्रेनमा रूसको आक्रमणको विरोध गर्नु थियो। रुसी सेनाद्वारा वाग्नर समुहमाथी गरिएको अन्यायविरुद्ध लड्न हामीले आन्दोलन सुरु गरेका हौँ।





























प्रतिक्रिया