बलिउड अभिनेत्री ऐश्वर्यालाई पनि कोरोना पुष्टि

बलिउड अभिनेत्री ऐश्वर्यालाई पनि कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि अभिषेकपत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

यसअघि पहिलोपटकको परीक्षणमा जया बच्चनसहित ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको बताइएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको हो ।

यस अघि बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवालाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका थिए । उनीहरु दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्षण देखिएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् । उनीहरुको परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण छ कि भनेर परीक्षण गर्दा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको हो ।

पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । हाल सम्म करिव ८ लाख मानिसमा संक्रमण देखिएको छ भने २३ हजारको मृत्यु भइसकेको छ ।

Skip This
Skip This
Logo