दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसानको हितमा छैनः सांसद बस्नेत

दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसानको हितमा छैनः सांसद बस्नेत

केन्द्रबिन्दु
0
Shares

सांसद महेश बस्नेतले, दुग्धविकास बोर्ड खारेज गर्ने निर्णय किसानको हितविपरित रहेको भन्दै निर्णय सच्याउनमाग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा विषेश समयमा उनले बोर्ड खारेज गर्नुपर्ने आवश्यकता बारे ठोस जवाफ दिन सरकारसँग माग गरेका हुन्। उनले भने ‘दुध विकास बोर्डलाई खारेज गर्नुपर्ने अवस्था किन? यो निर्णय किसान विरोधी छ। राष्ट्रको अहितमा गरिएको कार्य हो।’

त्यस्तै बोर्ड खारेज गर्ने निर्णयसँगै कपास विकास समिति खारेज गर्ने निर्णय  समेत फिर्ता लिन उनको माग छ। ‘यसरी गरिएको निर्णयलाई जसरी निर्वाच आयोग खारेजी गर्ने प्रस्तावलाई फिर्ता लिनुभयो त्यसरी नै यो प्रस्ताव पनि फिर्ता लिनुपर्छ। त्यसै गरी बाँकेको कपास विकास समितीलाई खारेज गर्न प्रस्ताव गरिएको छ। यो के उदेश्यले गरियो। ’ उनले भने ।

Skip This
Skip This
Logo