‘चलखेल गर्ने प्रवृति घातक’ -अर्थमन्त्री महत

‘चलखेल गर्ने प्रवृति घातक’ -अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै काम गर्न खोज्दा त्यसलाई कार्यान्वयन गर्न नदिने प्रवृति घातक रहेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले काम गर्न खोज्दा विभिन्न निहु बनाएर चलखेल गर्ने प्रवृति रहेको घातक रहेको बताएका हुन् । ‘हाम्रो संयन्त्र चुस्त दुरुस्त छैन । तुरुन्तै त्यसलाई पहिचान गरेर ठिक गर्न ।’ उनले भने, ‘त्यसले गर्दा हाहाकार मचिन्छ अनि यहि ट्याक्स लगाएर यस्तो भयो भनेर कहाँ हुनु । ट्याक्स लगाउन पाको छैन । कार्यन्वयन गर्न पाएको छैन । त्यहीलाई निहु बनाएर चलखेल गर्ने प्रवृत्ति त छँदै छ नी हाम्रो समाजमा ।’

अर्थ मन्त्रालय अरु मन्त्रालयमाथि हावी भयो भन्ने आरोप लागेको भन्दै अर्थमन्त्री महतले मन्त्रालयले आफ्नो जिम्मेवारी मात्रै पूरा गरेको बताए । ‘अर्थमन्त्रालय अरु मन्त्रालयमाथि हावि भयो कि भन्ने छ आफ्नो आफ्नो जिम्मेवारिमा सबै मन्त्रालय सबै भन्दा महत्वपूर्ण छ ।’ उनले भने, ‘जे अर्थ मन्त्रालयको जिम्मेवारी छ त्यो जिम्मेवारीमा अर्थ मन्त्रालय सबैभन्दा महत्वपूर्ण छ । तर सम्बन्धित मन्त्रालयको जे जिम्मेवारी छ । ती विषयमा ती मन्त्रालयहरु सबैभन्दा महत्वपूर्ण छन् । यसरी बुझिदिनु होला । कुनै हावि हुने कुरा छैन् । यसको जे जिम्मेवारी हो जिम्मेवारी पुरा गर्ने कुरा मात्र गरेका हौं ।’

नेपालको कृषि क्षेत्रमा कर बढाइएको भन्ने विषयमा सत्यता नरहेको बताएका अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाउने गरी काम भइरहेको बताए । सांसद रामहरी खतिवडाले उठाएको प्रश्नको जवाफमा उनले भने, ‘रामहरी जीले भन्नु भयो प्याजमा कर लगाउनु भयो भनेर त्यसबारेमा पछि भनौला तर त्यस्तो हैन । आन्तरिक उत्पादन बढाउने कुरा गरिरहेको छु । मान्य ज्युहरु बाट पनि आउँछ । कति आयात गर्ने ? अरर्बौको आयात गर्ने ? कृषिमा आधारित देश भन्ने खोई उत्पादन ? के गर्दै छ सकार ?हामीले उत्पादनमा अनुदान दिने भनिरहका छौं त्यसको लागि विदेशी आयातसंग प्रतिस्पर्धा गर्ने ठाउँ दिनु प-यो । त्यसको लागि केहो । त्यसले नेपालको उत्पादन बढाउन मद्धत गर्छ ।’

Skip This
Skip This
Logo