आजबाट एकैपटक एक बर्ष घट्यो दक्षिण कोरियालीको उमेर

आजबाट एकैपटक एक बर्ष घट्यो दक्षिण कोरियालीको उमेर

केन्द्रबिन्दु
0
Shares

आजबाट दक्षिण कोरियाका जनताको उमेर एक बर्ष घटेको छ।दक्षिण कोरियाका जनता अब आजदेखि एक वर्ष कम उमेरका हुने भएका हुन्। 

कारण हो नयाँ कानुन, दक्षिण कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो। 

तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ। जसका कारण बुधबारबाट सबै काेरियालीकाे उमेर एक बर्ष कम राखेर गणना गरिन लागेकाे हाे। यो ऐन यसै वर्ष संसदबाट पारित भएको थियाे।

Skip This
Skip This
Logo