गरुडा नगरपालिकाकी उपप्रमुख तीन दिनदेखी धर्नामा

गरुडा नगरपालिकाकी उपप्रमुख तीन दिनदेखी धर्नामा

केन्द्रबिन्दु
0
Shares

रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखीको धर्ना जारी छ। बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर तीन दिनदेखी धर्नामा बसेका हुन्।

नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छवटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मुल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन्। उपप्रमुख चौधरी नै धर्नामा बसेपछि नगरपालिकबाट हुने काम कारवाही प्रभावित भएको छ।

गत आइतबार नगरपालिकाको नवौं नगरसभाका लागि ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिएको र यसरी तयार पारिएको बजेट बिभेदकारी र एकलौटी रुपमा ल्याएको भन्दै उपप्रमुख चौधरीलगायतका वडा अध्यक्षहरु मुख्य गेटमा धर्ना बसेका हुन्।

जसका कारण नगरपालिकाको बजेट प्रस्तुत हुन सकेको छैन। नगरप्रमुख कन्थमणि जैसवालले असन्तुष्ट जनप्रतिनिधिहरुसित सम्वाद गरिरहेको र चाँडै बिबाद समाधान हुने बताएका छन्।

Skip This
Skip This
Logo