अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहायता दिने

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहायता दिने

केन्द्रबिन्दु
0
Shares

अमेरिकीले युक्रेनलाई थप सहयता दिने घोषणा गरेको छ। अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप ५० करोड अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको हो।सुरक्षा प्याकेजमा युक्रेनको रुससँग चलिरहेको द्वन्द्वमा युक्रेनको काउन्टर अफेन्सिभ अपरेसनलाई समर्थन गर्न र हवाई प्रतिरक्षा बलियो बनाउन महत्वपूर्ण क्षमताहरू समावेश छन्। 

‘अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप सुरक्षा सहायताको घोषणा गरेको छ,’ अमेरिकी रक्षा मन्त्रालयले मंगलबार एक आधिकारिक विज्ञप्तिमा भन्यो। 

राष्ट्रपति जो बाइडेनले राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो। संयुक्त राज्य अमेरिकाले युक्रेनको तत्काल युद्धकालीन आवश्यकताहरू र दीर्घकालीन सुरक्षा सहायता आवश्यकताहरू पूरा गर्न जारी राख्नेछ,विज्ञप्तिमा भनिएको छ। 

सुरक्षा समर्थन प्याकेजमा प्याट्रियट एयर डिफेन्स सिस्टम, स्टिङ्गर एन्टि एयरक्राफ्ट सिस्टम, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको लागि अतिरिक्त गोला बारूद, उच्च गतिको एन्टी माइन क्लियरिङ उपकरणहरू समावेश छन्।

Skip This
Skip This
Logo