अग्रणी डिजिटल सेवा प्रदायक टिगले साना तथा मझौला स्थानीय व्यवसायहरूको लागि गतिशील डिजिटल रूपान्तरणको नेतृत्व गर्न नेपालको कर्णाली प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ ।
गत आइतबार टिग टोलीका सदस्यहरूले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीसँग डिजिटल रणनीतिबारे छलफल गरेकाे हाे । मन्त्रीस्तरको यस पहलले साना र मझौला उद्यमहरू लाई टिग को लेखा र मौजदात व्यवस्थापन प्लेटफर्ममा पहुँच प्रदान गरेर व्यवसायको सशक्तिकरण गर्ने लक्ष्य राखेको छ ।
आधुनिक प्रविधिमा सबैलाई समेट्ने आफ्नो प्रतिबद्धता अनुसार टिगले कर्णाली प्रदेशमा भित्रपर्ने नौ जिल्लाहरु (पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट)मा दर्ता ठेगाना भएका सबै व्यवसायहरूलाई आफ्नो डिजिटल प्लेट्फर्ममा निःशुल्क लेखा राख्न सकिने व्यवस्था गरेको छ। सामान्यतया दर्ता गरी प्रती व्यवसाय बिस देखी बत्तिस हजार सम्म पर्ने सो सुबिधा दुर्गम स्थानमा सन्चालित कर्णाली प्रदेशका व्यवसायिहरुको लागी लक्षित गरिएको हो ।
साे अवसरमा मन्त्री जिसीले भने, ‘हाम्रो उदेश्य भनेको कर्णालीलाई डिजिटल रूपान्तरण गर्नु हो र टिग जस्ता एपले व्यापार–ब्यबसायहरु लाई डिजिटलाइजेशन को लाभ लिन मद्धत गर्छ ।’
फलस्वरुप व्यवसायीहरूलाई व्यवसाय सञ्चालन र लेखा बहिखाता व्यवस्थित गर्न सक्षम बनाउनेछ । डिजिटल प्रविधिमा आधारित समाधानहरू अंगाल्नाले कर्णाली प्रदेशका व्यवसायहरूलाई डिजिटल युगमा सफल बनाउन सकिन्छ भन्ने बिषयमा टिगको दृढ विश्वास रहेको कम्पनीको भनाई छ ।





























प्रतिक्रिया