जेलेन्सकीको गम्भीर आरोपछि ट्रम्प-पुटिन संवादको तयारी

जेलेन्सकीको गम्भीर आरोपछि ट्रम्प-पुटिन संवादको तयारी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्सकीले इरानले अमेरिकी सैन्य अखडाबारे रुसबाट जानकारी पाइरहेको आरोप लगाएका छन् । जेलेन्सकीको आरोपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा रुसी समकक्षी भ्लादिमिर पुटिनसँग संवाद गर्ने भएका हुन् ।

जलेन्सकीले रुसले इरानलाई भूउपग्रहबाट अमेरिकी सैन्य अखडाको जानकारी दिएको आरोप लगाएका थिए।यस विषयमा पत्रकारहरूले ट्रम्पसँग जिज्ञासा राखेका थिए । ”म पुटिनसँग सोध्छु । यसको वास्तविकता हामी पत्ता लगाउने छौँ । यसले खासै प्रभाव पनि पारेको छैन,” उनले पत्रकारहरूलाई जवाफ दिएका छन् ।

ट्रम्पले इरानलाई सैन्य कारबाही रोक्दै वार्तामा बस्न आफूले आग्रह गरेको र हाल दुवैपक्षबीच सौहार्द छलफल भएको बताएका छन्। ट्रम्पले यसअघि चीन वा रुसले इरानलाई सूचना दिएको हुनसक्ने बताएका थिए ।

Logo