ट्राफिक प्रहरीद्वारा तीनकुनेमा वृक्षरोपण

ट्राफिक प्रहरीद्वारा तीनकुनेमा वृक्षरोपण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षरोपण गरेको छ । ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन् ।

उपत्यकालाई हरियाली शहर बनाउने योजना अनुसार मुख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक युनिटका प्रमुखहरुले आफै विरुवा लिएर रोपेका थिए । विरुवा नहुर्किंदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरिय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली शहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताए । वृक्षारोपणले शहरको शोभा बढाउने र सभ्यताको समेत पहिचान दिने उनले बताए ।

वृक्षरोपणले शहरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने र प्रदुषण समेत न्यून गर्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ । रोपिएका विरुवाहरुको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरीले आफैले लिने बताएको छ ।

Logo