‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको विनियोजन विधेयक २०८०लाई पारित गरियोस् भन्ने प्रस्ताव बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले पारित गरेको हो । मतदानमा उपस्थित २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ सांसदले मतदान गरेका थिए भने विपक्षमा १०८ सांसदले मतदान गरेका थिए । तटस्थमा मत परेन । त्यसपछि सभामुख देवराज घिमिरेले बहुमतले बजेट पारित भएको घोषणा गरे ।
यसअघि सभामुख घिमिरेले ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा गरेका थिए । तर, नेकपा एमालेका सचेतक महेश बर्तौलाले असहमति जनाएपछि मत विभाजन भएको थियो । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए।
गत जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गरेको थियाे ।































प्रतिक्रिया