साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

बंगलादेश भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भुटानलाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो।

बंगलादेश १४ वर्षपछि साफको सेमिफाइनल पुगेको हो। यस अघि बंगलादेशले २००९ मा सेमिफाइनल खेलेको थियो। बंगलादेशले एक गोलको अग्रता उल्टाएर भुटानमाथि जित निकालेको हो। खेलको १२ औं मिनेटमा टी दोर्जीले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, खेलको २१ औं मिनेटमा शेख मोर्सलिनले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ३० औं मिनेटमा जिग्मीले आत्मघाती गोल गर्दा बंगलादेश २-१ ले अघि रह्यो। त्यसपछि खेलको ३६ औं मिनेटमा राकिब होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाए।जितसँगै बंगलादेशले ३ खेलमा ६ अंक जोडेको छ । समूह 'बी' मा रहेको बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

Skip This
Skip This
Logo