कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा अर्को सरकार बन्नसक्ने अवस्था नरहेको दाबी गरेका छन्।
प्रदेश सभामा आफूलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । ‘अहिलेको गणितलाई तपाईंहरु सबैले बुझ्नु भएको छ। म फेरि पनि भन्छु फेरि पनि अर्को सरकार बन्ने अवस्था आउन सक्दैन। मैले त देख्दिनँ त्यो सम्भावना। देख्दै देख्दिनँ ।’ उनले भने ।
साथै पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको उनको भनाई थियाे ।
त्यसअघि मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका थिए । उनले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताएका थिए ।































प्रतिक्रिया