अन्ततः डोनाल्ड ट्रम्पले पनि लगाउन थाले मास्क

अन्ततः डोनाल्ड ट्रम्पले पनि लगाउन थाले मास्क

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस र मास्क लगाउनु पर्ने अवस्थालाई चुनौती दिंदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाउन शुरु गरेका छन् । कोरोना भाइरस महामारी सुरु भए यता पहिलो पटक उनी मास्क लगाएर सार्वजनिक स्थलमा निस्किएका छन् ।

घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टन बाहिर जाने क्रममा अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका हुन् । तर उनले यस अघि आफू कहिल्यै पनि मास्क विरोधी नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ । तर समय र ठाउँ अनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो ।’ तर यस अघि ट्रम्पले सार्वजनिक ठाउँमै आफूले मास्क नलगाउने बताउँदै आएका थिए ।

कोरोना भाइरसबाट यतिबेला सबैभन्दा धेरै प्रभावित देश मध्ये अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कूल संक्रमितको संख्या ३३ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ ।

Skip This
Skip This
Logo