म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा-बेनी सडक अवरुद्ध

म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा-बेनी सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ। निरन्तर परेको वर्षाका कारण बिहीबार रातिदेखि पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो।

पानी परिरहेकाले पहिरो पन्छाउने काम अझै सुरु गर्न नसकिएको छैन। सडक अवरुद्ध भएसँगै सवारीसाधन र यात्रु लस्तीमा रोकिएका छन्।म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन्।
 

Skip This
Skip This
Logo