कानून, न्यायतथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धन सकराको मिशन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्त गराएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले आफूहरुले भ्रष्टाचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम नगर्ने भन्दै त्यसलाईं निभाउने काम गर्ने बताएका हुन्।
उनले भने,‘गठबन्धन सरकारले पनि भ्रष्टाचारको ठूला ठूला काण्डको निष्पक्ष छानविन गरेर मुलुकममा सुशासन स्थापना गर्ने मिशनका साथ अगाडि बढिरहेको छ। त्यसैले सदियौंदेखि भ्रष्टाचारको भुङग्रोमा जनता छट्पटाई रहेको अवस्थामा अहिले हामी फेरि भ्रष्टचारको भुङग्रोमा अगुल्टो ठोस्ने काम गर्दैनौँ,अगुल्टो निभाउने काम गर्छौँ, र नेपाली जनतालाई भ्रष्टचारको भुङग्रोबाट बाहिर निकाल्ने काम गठबन्धन सरकारले गर्छ, यो मिसनबाट गठबन्धन सरकारपछि हट्दैन्। एकपछि अर्को गर्दै भ्रष्टाचार काण्डको फाइल खोल्दै खाल्दै जाने हो।’
वर्तमान सकरकारले भ्रष्टचारको काण्डलाई निर्मुल पार्ने काम गर्ने उनको भनाइ छ। उनले भने,‘यो गठबन्धन सरकार ढल्छ यो सरकार ढलिहाल्छ भन्ने पनि सुन्छु तर यो ढल्दैन। यदि कसैले यो गठबन्धन ढलिहाल्छकी भनेर आश गर्छ भने भोकाएको स्यालले हात्ती मरोस भनेर सराप्दैमा हात्ती मर्दैन।’ उनले हल्लाको पछाडि लगाएर पार्टी र सरकारलाई कमजोर पार्ने काम गरेको बताए।





























प्रतिक्रिया