मुगुमा ५० प्रतिशत रोपाइँ सम्पन्न

मुगुमा ५० प्रतिशत रोपाइँ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

आज राष्ट्रिय धान दिवस, मुगुमा बिभिन्न कार्याक्रम गरी धान दिवस मनाईएको छ । मुगुको चार भेग मध्य धान उत्पादन हुने  खत्याड, सोरु र गम भेगका विभिन्न क्षेत्रमा धान रोपाइँ भइरहेका छन । असारमध्यसम्म जिल्ला भरमा करिब ५० प्रतिशत धान रोपाइँ भएको छ । 

जिल्लामा फरक–फरक हावापानीका कारण समयमा आकाशे पानी नआउँदा जेठको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म यहाँका विभिन्न क्षेत्रमा धान रोपाइँ चल्ने गर्दछ ।

मुगुको हावापानी नमिल्ने कतै चिसो र कतै गर्मी हुने भएका कारण कुनै ठाउँमा चैतको २० तिर धानको बेर्ना राखेर जेठको तेस्रो सातातिर रोपिन्छ भने कुनै क्षेत्रमा वैशाख १५ मा बेर्ना राखेर जेठको ३० तिर रोपिन्छ । औल क्षेत्रमा भने जेठ २५ तिर बेर्ना राखेर असारको १५ मा रोप्ने गरिन्छ । कुनै ठाउँमा साउन दोस्रो सातासम्म धान रोप्ने गरिन्छ । 

देशभरि राष्ट्रिय धान दिवस मनाउने क्रममा आज मुगु जिल्लामा सरकारी कार्यालयका कर्मचारी ,अन्य व्यक्ति  खेतमा भेलाभई डोरी तानातान गर्दै दोहोरी र देउडा गीत गाए । छाँयानाथ रारा नगरपालिका ५ का कृषक बहादुर दमाई भन्छन – ‘यसरी धान दिवस मनाउदा निकै खुसी लाग्यो तर कृषकका पीडा धेरै छन । रोपाई गर्ने खेतमा सिंचाई कुला छैन, आकाशे पानीको भरमा धान रोप्ने गरेका छौं । समयमा आकाशबाट पानी आउँदा राम्रो बाली हुने यो बर्ष आकाशबाट पानी ढिलो आउँदा रोपाई गर्न निकै दुःख भएको छ,यही कारण हालसम्म धान ५० प्रतिशत मात्र रोपेको छौं ।’ 

मुगु जिल्लामाको कुल क्षेत्रफल १६ हजार १ सय ३५ खेतियोग्य क्षेत्रफल मध्य धान रोपाई हुने कुल क्षेत्रफल ९ सय २१ रहेको छ । जस्को ५० प्रतिशत क्षेत्रमा धान रोपाई भईरहेको छ । मुगुमा लोक्कल रातो रैथानी,चन्दननाथ १,२,चाईचु, घडियालगायत अन्य ४/५ प्रजातिका हावापानी सुहाउँदो जातका धानको जात किसानले प्रयोग गर्ने गरेका छन । विशेष गरी मुगु जिल्लाभरि आकाशे पानीको भरमा धान रोपाई हुने गरेको छ । 

आयात चामल ,समयमा आकाशबाट पानी नर्पनु ,खडेरीको कारण विगतका बर्षहरु भन्दा पछिल्ला बर्षहरुमा केही धान खेति लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालय मुगुका चन्द्रबहादुर शाहीले बताए । 

Logo