भन्सार विभागका निर्देशक पूण्यविक्रम खड्काले नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोन्नतिका लागि अझै धेरै गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित भन्सार विषयक विशेष छलफल कार्यक्रममा निर्देशक खड्काले स्तरोन्नतिका लागि पूरा गर्नुपर्ने कानूनी प्रावधानहरु पूरा गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपाल सरकारले सन् २०२६ सम्मअतिकम विकसितबाट विकसित राष्ट्रमा स्तरोन्नति पनि गर्नुछ । यो गर्नको लागि हामीले अन्तर्राष्ट्रिय स्तरको स्वीकार गर्नुपर्ने विषयहरु स्वीकार गर्नु पर्छ । कानूनी रुपमा त्यसको प्रावधानहरु व्यवस्थित गर्नुपर्छ । त्यसको लागि हाम्रो कानूनहरुमा परिमार्जन गर्नु पर्ने छ । हिनताबोधका साथ हामी अझै गरिव छौं । हामी अझै पनि समस्यामा छौं भन्दापनि अन्तर्राष्ट्रिय रुपमा मिल्ने अवस्थाहामीले नै गर्न सकेका छैनाैँ ।’
निर्देशक खड्काले विभिन्न बैंकिङ कारोवारका कुरा, सम्पत्ति शुद्धीकरणका पक्षर अन्तर्राष्ट्रिय सबै विषयको पालना गर्नुपर्ने दायित्व नेपालले बहन गर्नुपर्ने बताए ।





























प्रतिक्रिया