साहित्यले मानव जीवनको कर्म, आचरण र शैलीलाई परिवर्तन गर्छः कुलमान घिसिङ

साहित्यले मानव जीवनको कर्म, आचरण र शैलीलाई परिवर्तन गर्छः कुलमान घिसिङ

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साहित्यले मानव जीवनको कर्म आचरण र शैलीलाई नै परिवर्तन गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अमर ज्योति साहित्यिक पत्रिकाको ५८औं अंक विमोचन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले साहित्य मानवजीवनको लागि अभिन्न अंग भएको बताएका हुन् । 

उनले भने, ‘साहित्य एउटा जीवनमा अत्यन्त महत्वपूर्ण विषय हो । यो विषयलाई हामी सबैको जीवनमा महत्वपूर्ण हुन्छ । यसलाई हामी सबैको जीवन शैलीमा बदल्नुपर्छ । यसले धेरै मान्छेको कर्म र आचरण र शैलीलाई पनि परिवर्तन गर्छ । ’ 

कार्यकारी निर्देशक घिसिङले आफूलाई पनि साहित्यमा रुचि भएको तर अध्ययन गर्ने मौका भने नपाएको बताए । 

Logo