नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने यौनसम्पर्कका लागि कुनै प्रतिबन्ध छैन । नेपाली समाजमा विवाह अघिको यौन सम्पर्कलाई पापका रुपमा लिइन्छ ।
तर पछिल्लो समय युवायुवतीले सानै उमेरदेखि यौन इच्छा सहजै व्यक्त गर्ने गरेका छन् । पाको उमेर र कम उमेरमा राखिने यौन सम्पर्कले विभिन्न समस्याहरु निम्त्याउने गरेको छ ।
नेपालमा पहिलोपटक शारिरीक सम्पर्क पुरुषले भन्दा महिलाले कम उमेरमा राख्ने गरेको एक अध्ययनले देखाएको छ।हालै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले सन् २०२२ मागरेको अध्ययनअनुसार २५ देखि ४९ वर्षका महिलाहरूको पहिलो यौन सम्पर्क राख्दाको उमेर १८ वर्ष मात्रै भएको देखिएको हो । जबकी सोही उमेरका पुरुषहरूको शारिरिक सम्पर्कको उमेर भने २० वर्ष रहेको छ।
भौगोलिक हिसाबमा पनि पहिलोपटक यौन सम्पर्क राख्ने उमेर फरक देखाएको छ। भौगोलिक क्षेत्रका आधारमा महिलाहरूले पहिलो यौन सम्पर्क राख्ने उमेरमा भिन्नता देखिएको हो। तराई क्षेत्रका महिलामा १७.८ वर्षर पहाडी क्षेत्रका महिलामा १९ वष औसत उमेर रहेको छ । २ प्रतिशत किशोरकिशोरीले १५ वर्षभन्दा कम उमेरमै यौन सम्पर्क राख्ने गरेका छन् ।
पछिल्लो समय ३ प्रतिशत किशोरी र एक प्रतिशत किशोरले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
पछिल्ला वर्षमा नेपालको प्रजननदर घटेकोे छ। विगत साढे दुई दशकमा नेपालमा प्रजननदर आधाले घटेको हो। कुल प्रजननदर २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० पूरा भएको छ। सन् २०१६ मा नेपालको प्रजजनदर २.३ थियो भने हाल २.१ रहेको छ। पछिल्लो समयमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको छ जसमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।
नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५७ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा विधि प्रयोग गर्ने गर्छन्। तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन वा विधि प्रयोग गर्छन्। विवाहित महिलाहरुले सबैभन्दा बढी आधुनिक साधन वा विधिमध्ये बन्ध्याकरण,सुई र इम्प्लान्ट प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
१५ प्रतिशत विवाहित महिलाले भने अझै परिवार नियोजनको परम्परागत विधि अपनाउने गरेका छन् । विवाहित महिलाहरूमा परिवार नियोजनको आधुनिक साधनकोे प्रयोग शहरी क्षेत्रमाकम र ग्रामीण क्षेत्रमा बढी देखिन्छ। बढ्दो शिक्षा र परिवारीक सम्पन्नतासँगै आधुनिक साधन वा विधिको प्रयोग सामान्यतया घट्दै गएको छ।





























प्रतिक्रिया