भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।
भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गरेकाे हाे। निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।
लेवननका लागि कप्तान हसन मटुक र खलिल मेहदी गोल गर्न चुके। पेनाल्टी सुटआउटमा पहिलो प्रहार गर्न आएका कप्तान हसनको प्रहारलाई भारतीय गोलकिपर गुरप्रित सिंहले रोकेका थिए। खलिलको प्रहार भने आकासिएको थियो। ८ पटकको साफ च्याम्पियन भारतले मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।































प्रतिक्रिया