नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार १ लाख ९ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार १ सय रूपैयाँमा कारेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आइतबार चाँदीको भाउ १० रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ३ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo