नेपालले युएईविरुद्ध टस जित्याे

नेपालले युएईविरुद्ध टस जित्याे

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । 

जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै युएई केहीबेरमा ब्याटिङमा मैदान उत्रनेछ । 

यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो समय युएईमाथि हाबी हुँदै आएको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । 

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

Skip This
Skip This
Logo