ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भर्टर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ ।
गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीकाे दाबी छ । गोडरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९% सम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ । यस एसी आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ। टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।
गोडरेजको यस एअर कन्डीसनरमा १० बर्ष को इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।































प्रतिक्रिया