काठमाडौं महानगरले ललितानिवासको जग्गा तारबार गर्ने, पुग्याे प्रहरीको जम्बो टोली

काठमाडौं महानगरले ललितानिवासको जग्गा तारबार गर्ने, पुग्याे प्रहरीको जम्बो टोली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा तारबार गर्ने भएको छ । डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली आइतबार दिउँसो बालुवाटार पुगेको हो । 

ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको हो । हाल महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा हालै प्रहरीले चार जनालाई पक्राउ गर्दै अनुसन्धान थालेको छ । जसमा पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, र धर्मप्रसाद गौतम रहेका छन् । 

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको करिब १४३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरिरहेको छ । 

Logo