कोशी प्रदेशबारे सांसद खतिवडाले भने- काँग्रेस कुनै जात र धर्मको पक्षमा छैन

कोशी प्रदेशबारे सांसद खतिवडाले भने- काँग्रेस कुनै जात र धर्मको पक्षमा छैन

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले काँग्रेस एउटा जात, एउटा वर्ग र एउटा धर्मको नभई सबै जातको देश बनाउने पक्षमा रहेको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग बोल्दै सांसद खतिवडाले कोशी प्रदेशको नामाकरणको विषयमा सबैको प्रतिनिधित्वसहितको देश निमार्ण गर्नुपर्ने भन्दै यस विषयमा हिंस्रक भएर नआउन र दमनको रुपमा सरकार पनि नजान आग्रह गरेको बताएका हुन्। 

उनले भने, ‘हामी बन्दुक, धर्म, संस्कृति, मधेश र सम्प्रदायमा डुब्ने काम गरेका छौ, त्यसले मुलुक निमार्णमा सहजता पु-याउदैँन । हामीले सबै जातको देश बनाउन खोज्छौ, एउटा जात, एउटा वर्ग र एउटा धर्मको होईन, आफ्नो अस्तित्व रहने गरि सबैलाई समेट्नुपर्छ । कसैले आफ्नो परम्परालाई स्थापित गर्न खोज्नुभयो भने वार्ताको माध्यमबाट समस्या समाधान गर्ने पक्षमा छौँ । यसमा हिंस्रक भएर नआउन र दमनको रुपमा सरकार पनि नजान आग्रह गरेका छौँ ।’

सांसद खतिवडाले नेपाली काङ्ग्रेसले सबै जात, वर्ग, धर्म र सम्प्रदायको प्रतिनिधित्व देशमा समानुपातिक पद्धती अनुसार हुनुपर्छ भनेर संविधानमा जारी गरेको बताए । 
उनले भने, ‘कोशी प्रदेशको पहिचान भनेको जात धर्म र संस्कृतिलाई मात्रै हेरिदैँन, हामी यो विषयमा पहिचानधारी पक्षसँग गम्भीर रुपमा छलफल गरेर सहमतिमा एउटा बाटो निकाल्न चाहान्छौँ । नेपाली काङ्ग्रेस नै यस्तो पार्टी हो, जसले सबै जात, वर्ग, धर्म र सम्प्रदायको प्रतिनिधित्व देशमा समानुपातिक पद्धती अनुसार हुन्छ भनेर संविधान पनि जारी गरेको छ र त्यो अनुसार पार्टीभित्र पनि र अन्य ठाँउमा पनि प्रतिनिधित्व गराएको छ । ’

सांसद खतिवडाले एमाले उग्रराष्ट्रवादका नाममा एउटा मात्र पक्षमा अडिग भएर नबस्न आग्रह गर्दै नेपाली काङ्ग्रेस हिंसाबाट समस्या समाधान हुन्छ भन्ने पक्षमा नभएको बताए । यस्तै, भुटानी शरणार्थी प्रकरणको विषयमा पनि सानासाना माछालाई समातेर ठूला माछा छुटाउन नहुने उनको भनाई छ । 

Skip This
Skip This
Logo