संकटमा रहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीको अर्धशतक

संकटमा रहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीको अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा युएईले दिएको १८२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालका लागि ऐरीले ५५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३२ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा जिवनदान पाएका थिए । उनको यो अर्धशतकले संकटमा रहेको नेपाललाई राहत मिलेको छ । उनलाई क्रिजमा सन्दीप लामिछानेले साथ दिएका छन् । 

हाल नेपाल ३५ ओभरमा ७ विकेट गुमाउँदै  १३८ रन बनाएर खेलिरहेको छ ।

यसअघि नेपालका प्रमुख ब्याटरहरु सस्तैमा समेटिए । ओपनर कुशल भुर्तेल ३५ रन बनाएर आउट भए । २० ओभरको पाँचौ बलमा उनी खली नासरको बलमा क्याच आउट हुन पुगे । त्यस्तै, कप्तान रोहितकुमार पौडेल ४ रन जोडेर आउट हुँदा भीम सार्की र आरिफ शेख समान एकएक रनमा पवेलियन फर्किए ।

त्यसअघि नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर अर्जुृन साउनलाई नेपालले गुमाएको थियो । आशिफ शेखको स्थानमा आएका अर्जुृन एक रनमै मोहम्मद जवदुल्लाहको बलमा आउट हुन पुगे । साथै लामोसमय पछि टोलीमा फर्किएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सस्तैमा समेटिए । ८औं ओभरको अन्तिम बलमा जुनैद सिद्धिक्वीले उनलाई १३ रनमा पवेलियन फर्काए । विश्वकप लिग २ मा मार्चमा पपुवा न्युगिनीविरुद्ध खेलेपछि उनी पहिलोपटक टोलीमा फर्किएका थिए । 

Skip This
Skip This
Logo