सुपर सिक्सको पाँचौ खेलमा ओमान र नेदरल्यान्ड्स भिड्दै

सुपर सिक्सको पाँचौ खेलमा ओमान र नेदरल्यान्ड्स भिड्दै

केन्द्रबिन्दु
0
Shares

जिम्बावेमा जारी रहेको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा आज सोमबार सुपर सिक्सको पाँचौ खेल हुँदैछ। सुपर सिक्सको पाँचौ खेलमा ओमान र नेदरल्यान्ड्स भिड्दैछन्। हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ। 

नेदरल्यान्ड्स नेपाल रहेको समूह एमा दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बीको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो।  सुपर सिक्समा दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। ओमान जिम्बावेसँग पराजित हुँदा नेदरल्यान्डस् पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो। नेदरल्यान्ड्सलाई विश्वकपमा छनोटको सम्भावना कायमै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ।

आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ। यसअघि ओमान र वेस्ट इन्डिज विश्वकप छनोटको दौडबाट बाहिरिसकेका छन्। श्रीलंका भने एक खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

Skip This
Skip This
Logo