बैंकका कर्मचारीमाथि आक्रमण गर्नेविरुद्ध मुद्धा हाल्ने सिबिफिनको निर्णय

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेविरुद्ध मुद्धा हाल्ने सिबिफिनको निर्णय

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु-याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्नेविरुद्ध कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाउने भएको छ । 

हालै बसेको सिबिफिनको सातौं बैठकले वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमणमा ध्यानाकर्षण जनाउँदै कानून बमोजिम कडा कारवाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने निर्णय गरेको हो । 

साथै, बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन पनि बैठकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्ने निर्णय गरेको छ । 

Logo