राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले अहिले पनि पहिले झै देश उन्मुख बजेट नआएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा भएको विनियोजन विधेयकमाथिको छलफलमा सांसद मिश्रले बजेट कहिले विराटनगरमुखी, कहिले झापा उन्मुख भएर मात्र आउने गरेको भन्दै देश उन्मुख बजेट आउन नसकेको गुनासो गरे ।
उनले भने,‘२०४८ सालको पहिलेदेखि नैं बजेट कहिँले विराटनगर मुखीकहिँले झापा उन्मुख कहिँले कहाँकहाँ उन्मुख हुने भइरहेको छ । देश उन्मुख बजेट बनाउन सक्छौं कि सक्दैनौं त्यतातिर ध्यान दिन आवश्यक छ ।’
विनियोजन विधेयकको समयमा कार्यन्वयन गर्ने र नगर्ने, नगर्ने व्यक्ति र संस्थालाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने सांसद मिश्रको भनाई छ ।





























प्रतिक्रिया