स्वास्थ्य क्षेत्रका हजारौं दक्ष जनशक्तिको भविष्यमाथि राज्यले खेलवाड गरेकाे मन्त्री बस्नेतकाे आरोप

स्वास्थ्य क्षेत्रका हजारौं दक्ष जनशक्तिको भविष्यमाथि राज्यले खेलवाड गरेकाे मन्त्री बस्नेतकाे आरोप

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राज्यले स्वास्थ्य क्षेत्रका हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको दावी गरेका छन् ।

सोमवार वीर अस्पतालले लिएको नयाँ नर्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले लामो समयदेखि ठूलो संख्यामा नियुक्ति गर्न नसकेर हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका हुन् । 

उनले भने,‘स्टाफ नर्सहरुको महत्व स्वास्थ्य क्षेत्रमा निकै नै महत्वपूर्ण छ । सरकारले लामो समयदेखि यसरी ठूलो सङख्यामा नियुक्ति गर्न सकेको अवस्था छैन । देशमा दक्ष जनशक्ति हजारौँको संख्यामा खेलवाड भएको अवस्था छ । बेरोजगार भएर बसेको अवस्था छ ।’

मन्त्री बस्नेतले दुःख गरेर पढेर पनि निजी अस्पतालमा ८-१० हजारमा काम गर्नुपरेको अवस्थामा राज्यले दरबन्दी बढाएर चाहिने दक्ष जनशक्तिलाई ठीक ठाउँमा प्रयोग गर्न नसकेको गुनासो पोखे । उनले भने, ‘दुःख गरेर यत्रो वर्ष पढेर । तपाईहरुले निजी अस्पतालमा ८ हजार १० हजारमा काम गर्नुपरेको छ, राज्यले यसको बारेमा जे गर्नु पर्ने हो त्यो गरेको छैन । दरबन्दी बढाएर चाहिने दक्षजनशत्तिलाई ठीक ठाउँमा प्रयोग गर्न सकेको छैन ।’

Skip This
Skip This
Logo