एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ। जसअनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ।
नेपालले यसअघि दुईवटा उपाधी हासिल गरिसकेको छ। आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्ने उदेश्यसहित मैदानमा उत्रन लागेको हो।
यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो। दुवै खेलाडी आज आफ्नो जादु प्रदर्शन गर्ने तयारीका साथ मैदानमा देखिन लागेका हुन्।































प्रतिक्रिया